काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा रु ९ सयले घटेको छ ।
हिजो (बिहीबार) तोलाको रु ८६ हजार ५ सय कायम भएको सुनको मुल्य आज रु ९ सयले घटेर तोलाको रु ८५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ८५ हजार १ स ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२५० कायम भएको महासङ्घले जनाएको छ ।








