२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहली दोस्रो पटक बुबा बन्न लागेका छन्, डिभिलियर्सले दिए जानकारी



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान विराट कोहली फेरि बुबा बन्न लागेका छन् । यो जानकारी कोहलीका विशेष साथी र दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबी डिभिलियर्सले दिएका छन् ।

३९ वर्षीय पूर्व ब्याट्सम्यान डी भिलियर्स भारत–इंग्ल्याण्ड टेस्टको दोस्रो दिन पछि आफ्नो युट्युव च्यानलमा लाइभ आए ।

एक प्रशंसकको प्रश्नमा डिभिलियर्सले भने, ‘मैले कोहलीलाई फोन गरेर उनको स्वास्थ्यबारे सोधेँ । त्यसमा विराटले आफू आफ्नो परिवारसँग रहेको बताए । थप कुरा गर्दै डिभिलियर्सले भने, ‘विराटको दोस्रो सन्तान आउन लागेको छ । यही कारण उनी परिवारसँगै छन् ।’

यसअघि विराट कोहली ११ जनवरी २०२१ मा पहिलो पटक बुबा बनेका थिए र अस्ट्रेलिया भ्रमण बीचमै छोडेर भारत आएका थिए । कोहलीले छोरीको नाम ‘वामिका’ राखेका छन् ।

विराट कोहली २५ जनवरीबाट सुरु भएको भारत–इंग्ल्याण्ड टेस्ट सिरिजको पहिलो दुई खेलमा टीम इन्डियाको हिस्सा छैनन् । उनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका हुन् ।

यसबारे भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान रोहित शर्मा, चयनकर्ता र टोली व्यवस्थापनसँग कुरा गरेको र पारिवारिक कारणले बिदा लिएको बताएको छ । बोर्डले विराटको गोपनीयताको सम्मान गर्न पनि अपील गरेको छ ।