२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले अर्जुनलाई गर्यो कारबाही



अ+ अ-

काठमाडौं । नेपालका यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा आइसीसीको नियम उल्लंघन गरेको भन्दै अर्जुन कारबाहीमा परेका हुन् ।

बंगलादेशविरुद्धको खेलको छैठौं ओभरमा कुमाल रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेको कारण उनलाई कारबाही गरिएको हो ।

आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका आइसीसीले बताएको छ । आईसीसीले अर्जुनलाई ३ डेमेरिट प्वाइन्ट दिएको छ । अर्जुनको कारबाही २४ महिनासम्म रहनेछ ।

अर्जुनलले यो गल्ति पुनः दोहोराएमा उनको ४ भन्दा धेरै डेमेरिट प्वाइन्ट हुनेछ । जसले उनलाई दुई खेलको प्रतिबन्ध गर्नेछ ।

आईसीसी विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।