२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले अर्जुनलाई गर्यो कारबाही



अ+ अ-

काठमाडौं । नेपालका यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा आइसीसीको नियम उल्लंघन गरेको भन्दै अर्जुन कारबाहीमा परेका हुन् ।

बंगलादेशविरुद्धको खेलको छैठौं ओभरमा कुमाल रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेको कारण उनलाई कारबाही गरिएको हो ।

आईसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका आइसीसीले बताएको छ । आईसीसीले अर्जुनलाई ३ डेमेरिट प्वाइन्ट दिएको छ । अर्जुनको कारबाही २४ महिनासम्म रहनेछ ।

अर्जुनलले यो गल्ति पुनः दोहोराएमा उनको ४ भन्दा धेरै डेमेरिट प्वाइन्ट हुनेछ । जसले उनलाई दुई खेलको प्रतिबन्ध गर्नेछ ।

आईसीसी विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।