२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य



file photo: can
अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७ रन जोड्यो ।

भारतका लागि कप्तान उदय शरन र सचिन धासले शतकीय इनिङ्स खेले । शरनले १०७ बलमा १०० रन बनाउँदा धासले १०१ बलमा ११६ रनको योगदान दिए । यस्तै, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्शिन कुलकर्णीले १८ रन जोडे ।

बलिङतर्फ नेपालका गुलशन झाले तीन तथा आकाश चन्दले एक विकेट लिए ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।