२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य



file photo: can
अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९७ रन जोड्यो ।

भारतका लागि कप्तान उदय शरन र सचिन धासले शतकीय इनिङ्स खेले । शरनले १०७ बलमा १०० रन बनाउँदा धासले १०१ बलमा ११६ रनको योगदान दिए । यस्तै, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्शिन कुलकर्णीले १८ रन जोडे ।

बलिङतर्फ नेपालका गुलशन झाले तीन तथा आकाश चन्दले एक विकेट लिए ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।