१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

आगामी अधिवेशनमा संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिन्छौं: रास्वपा

आगामी अधिवेशनमा संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिन्छौं: रास्वपा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउने गरी सरकारलाई दिवाव दिने निर्णय गरेको हो ।

राज्य सञ्चालनका लागि आवश्यक संविधान बमोजिमको कानून निर्माणमा सरकारलाई दबाब दिनेगरी आफूहरुले आगामी संसदमा काम गर्ने निर्णय गरिएको पनि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गर्नुभएको थियो । ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्र्रश्तुत गरेको पनि प्रमुख सचेतक परियारले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मूलत आज हामीले यो विगतमा अधिवेशनहरुको समिक्षात्मक छलफल पनि गर्‍यौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो विगतमा खेलेको भुमिकाको समिक्षा गर्‍यांै । र अब विशेष गरी पर्सी २२ गतेदेखि जुन अबको हिउँदे अधिवेशन हुँदैछ । त्यो अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्ने भुमिका र हामीले उठाउने मुद्दाहरुको विषयमा छलफल भयो । यो पटक पार्टी संसदीय दलको बैठकमा महत्वपूर्ण कुरा के थियो भने पार्टी सभापतिजीले लगभग एक हप्ताअघि नै सम्पूर्ण सांसदहरुलाई तीन वटा प्रश्न उहाँले पठाउनुभएको थियो । ती प्रश्नहरुमा हामीले जो संविधान निर्माण गरेपछाडि राज्य सञ्चालन गर्न आवश्यक पर्ने ४० वटा विधेयक जो भनिएको थियो । ती विधेयकहरुमा काम के भइराखेको छ ? तपाईसँग सम्बन्धित समितिको अवस्था के छ ? एउटा त्यो प्रश्न गर्नुभएको थियो । अर्को एउटा प्रश्न थियो कि हामीले निर्वाचनको बेलामा वाचापत्रमा केही मुद्दाहरु उठाएका थियौं । जसरी यो देशलाई रुपान्तरण हामी गर्नसक्छौं भन्ने वाचा थियो । त्यो वाचाअनुसार विधेयकमा हामी काम गर्नसक्छौं कि सक्दैनौं ? त्यो के छ भन्ने एउटा कुरा गर्नुभएको थियो । अर्को चाहीँ यो अधिवेशनमा तपाई सांसदहरुले नागरिक अधिकार र स्थानीय समस्याहरुको बारेमा के–के मुद्दा उठाउनु हुन्छ ? भनेर सोध्नुभएको थियो ।

ती सबै विषयमा सांसदहरुले छलफल गर्नुभयो । त्यो कारणले पनि बैठक लामो भयो । र सबैले आ–आफ्नो तयारीबारे सबैले छलफल गर्नुभयो । त्यस पछाडि हामीले आउने अधिवेशनमा केही मुद्दाहरु टुंग्याएर जानुपर्छ के के विषयमा टुंग्याउनु पर्छ, त्यो पछि हामी छलफल गर्छौंं । २२ गते पनि हामीले संसद जानुअघि संसदीय दलको बैठक बस्छौं । अव संसदमा कस्तो भयो भने सरकारले आफूलाई काम गर्न आवश्यक विधेयक ल्याई दिने, फुत्त फालिदिने । तर त्यो विधेयक अगाडि नजाने । कता कता गएर अल्मिलिने । तर देश रुपान्तरणका लागि नयाँ संविधान अनुसारको देश बनाउनका लागि जति विधेयकहरु, कानूनहरु चाहिन्छ । त्यसमा खासै काम भएको देखिँदैन । यसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले अबको अधिवेशनमा मुख्यमुख्य कानूनहरु टुंग्याएरै जानुपर्छ भनेर हामी केही कानूनहरुको केही लिष्ट गर्दैछौं । त्यसरी काम गर्छौं हामी यो अधिवेशनमा । अर्को कुरा हामीले केही गैरसरकारी विधेयकको बारेमा छलफल गर्‍यौं । गैरसरकारी विधेयकहरु कति सम्भव छ ? र कति आवश्यक छ ? त्यो विषयमा छलफल गर्‍यौं ।

यो संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरुका फरकफरक विचार हुन्छन्, धारणा हुन्छन् । तर हाम्रो एउटा अभ्यास के छ भने धेरै पार्टीहरु मिलेर सरकार चलाउँछन् । गठबन्धन गर्छन् । र त्यो भएपछि आउनुपर्ने कतिपय कानूनहरु नआउन सक्छन् । अब राष्ट्रिय स्वतन्त्र पाटीले नागरिकको अधिकार सुनिश्चित गर्ने सवालमा संविधानमा भएका मौलिक हकलाई त्यो त ग्यारेन्टी गर्नुपर्‍यो नि । राज्यले त्यसलाई त निश्चित गर्नुपर्‍यो । त्यो गर्नका लागि हामी अब सरकारले त्यो खालको विधेयकहरु ल्याउँदैन भने अथवा सत्ता गठबन्धनमा भएका दलहरुले त्यो विधेयकमा ध्यान दिँदैनन् र मन्त्रालयगत हिसावमा त्यो आउँदैन भने राष्ट्रिय स्वतन्त्र पार्टीले केही गैरसरकारी विधेयकमा काम गर्छ । र त्यसलाई त्यसरी नै अगाडि लैजाने पनि हामीले निर्णय गरेका छौं । हामो योजनाहरुको बारेमा कसरी छलफल गर्ने भनेर पनि कुरा भयो । मुलत: पर्सी २२ गतेबाट हुने अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो हामीले धेरै मुद्दाहरु उठायौं । तर यो अधिवेशनमा हामी जनताको दिनानुदिनको जिन्दगीसँग जोडिएका महंगीका कुराहरु नि उठाउनेछौं । र सदनलाई अझ प्रभावकारी, अझ गतिशील बनाउनेछौं ।’

बैठकमा सांसदहरुले संविधानले व्यवस्था गरेका मौलिक हकसँग सम्बन्धित कानून निर्माणमा पनि पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी अधिवेशनमा पार्टीले कुन—कुन विधेयक पारित गराउनका लागि पहल गर्ने भनेर लिस्ट नै तयार पार्न आगामी माघ २२ गते पुन: पार्टी संसदीय दलको बैठक बोलाएको छ ।