५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप: एक्सेल्सियर र काष्ठमण्डप क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर ‘नीलो’ ले संस्कृतिलाई २१–१२ ले पराजित गर्‍यो । विजेताकी अकिना घिमिरेले १२ अंक जोडिन् । काष्ठमण्डपले एक्सेल्सियर ‘रातो’ लाई १७–२ ले हरायो । विजयी टिमका लागि रिया राईले ६ स्कोर गरिन् । सिनियर गल्र्समै न्यु जेनिथले ल्यान्डमार्कमाथि २०–११ को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । न्यु जेनिथकी राइसाले ८ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले होली भिजनलाई ४२–२४, पुष्पसदनले टीआईएलाई ५३–३२ र जेनिथले एक्सेल्सियरलाई ४१–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८, पुष्पसदनका कृष ओलीले १३ र जेनिथका सागर श्रेष्ठले २० स्कोर गरे ।

ब्वाइज फुटसल :

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१३ मा एलआरआईले एक्सेल्सियरलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २–० र बोधीसत्वलाई १–०, द चाँदबागले जोन डेवीलाई २–० तथा सेक्रेड हार्टले राई स्कुललाई २–० गोलले पराजित गरे ।

यु–१२ मा एलआरआईले स्वस्तिश्री गुरुकुललाई २–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २–१, मोर्डन इन्दियन स्कुलले न्यु जेनिथलाई १–०, बृहस्पति विद्या सदनले एक्सेल्सियर ‘पहेलो’ लाई २–०, चाँदबागले राई स्कुललाई २–० र रिब्सले एक्सेल्सियर ‘पहेलो’ लाई २–० गोलले हराए ।