१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मीको सातौँ जित, गण्डकी ६८ रनले पराजित



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ ।

यससँगै आर्मीले सातौँ जित हात पारेको छ । गण्डकीको भने यो सातौँ हार हो ।

आर्मीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेश २३.४ ओभरमा मात्र ६४ रन बनाएर अलआउट भयो । गण्डकीका कुनैपनि ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । इश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीको जितमा साहब आलमले चार विकेट लिए । जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रन बनाउदै अलआउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ६४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

सोमपाल कामीले २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, कुशल मल्ल १५, साहब आलमले १२ र विवेक यादवले १ रन बनाउदा सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट झारे ।