२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मी गण्डकीसँग १३२ रनमा अलआउट



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कपत्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रन बनाउदै अलआउट भयो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाए । उनले ६४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

सोमपाल कामीले २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, कुशल मल्ल १५, साहब आलमले १२ र विवेक यादवले १ रन बनाउदा सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट झारे ।

अहिले गण्डकीले जवाफि ब्याटिङ गरिरहेको छ । आर्मीलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने दबाब छ । पराजित भएको खण्डमा भने बागमतीसँगको नेटरनरेटमा भरपर्नेछ ।