१३ मंसिर २०८१, बिहीबार
,
Latest
भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित प्रधानमन्त्रीको चीन भ्रमण, परराष्ट्रमन्त्री राणा आज छेन्दु जाँदै ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता: नेपाल बङ्गलादेशसँग पराजित



अ+ अ-

काठमाडौँ: आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।

बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक-एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।