२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसीको अध्यक्षमा जय शाह पुन: निर्वाचित



अ+ अ-

एजेन्सी । बीसीसीआईका सचिव जय शाह एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्षमा लगातार तेस्रो पटक निर्वाचित भएका छन् ।

एसीसीको बुधवार सम्पन्न वार्षिक बैठकले जय शाहलाई एसियन क्रिकेट काउन्सिलको अध्यक्षमा नियूक्त गरेको हो ।

श्रीलंका क्रिकेट (एसएलसी) का अध्यक्ष शम्मी सिल्भाले दोस्रो पटक जय शाहको कार्यकाल थप्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताबलाई एसीसीका सबै सदस्यहरूले सर्वसम्मतिले समर्थन गरेका हुन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनपछि शाहले जनवरी २०२१ बाट एसीसीको नेतृत्व सम्हालेका थिए । शाहको नेतृत्वमा एसीसीले एसियाली क्षेत्रमा क्रिकेटको प्रवर्द्धन र विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ। शाहको नेतृत्वमा एसीसीले २०२३ मा एशिया कप र २०२४ मा एशिया कप सफलतापूर्वक आयोजना गर्‍यो ।

जय शाहले पुन निर्वाचित भएपछि सबैलाई धन्यवाद दिएका छन् । सबैप्रति आभार व्यक्त गर्दै जय शाहले भने, “एसीसी बोर्डको निरन्तर विश्वासका लागि म कृतज्ञ छु। खेलको बाल्यावस्थामा रहेका क्षेत्रहरूमा विशेष ध्यान दिएर यसको चौतर्फी विकास सुनिश्चित गर्न हामी प्रतिबद्ध रहनुपर्छ। एसीसी एशियाभर क्रिकेटको प्रवर्द्धन गर्न प्रतिबद्ध छ।”