१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कर्णालीले एपिएफलाई दियो २०७ रनको मध्यम लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टीयू मैदानमा ४४.१ ओभरमा अलआउट हुदै कर्णालीले २०६ रन बनायो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । उनले ५० बलमा २ चौका र ७ छक्का हिर्काए । चौथो विकेटका लागि शाही र अर्जुन घर्तीले १११ रनको साझेदारी गरेका थिए । घर्तीले ७४ बलमा १ चौका र ३ छक्का सहित ५३ रन बनाए ।

यस्तै, दिनेश अधिकारीले २७, रबिन्द्र शाहीले २२, प्रकाश जैशीले १० र निश्चल रावलले ६ रन जोडे ।

एपिएफका लागि मौसम ढकालले ३ विकेट लिए । अमर राउटेलाले २ तथा भुवन कार्की र रमेश कुर्मीले समान १/१ विकेट लिए ।