९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

यू–१९ विश्वकप: एक खेल पनि नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त

यू–१९ विश्वकप: एक खेल पनि नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त
अ अ+ अ-

काठमाडौं । नेपालको यू–१९ विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । मंगलबार भारत र पाकिस्तानले जित निकाले पछि सुपर सिक्समा एक खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिन पुगेको हो ।

मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ ।

सुपर सिक्सको ग्रुप १ मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ । बंगलादेश र न्युजिल्यान्डसँग २–२ अंक छ भने नेपाल र आयरल्यान्ड अंकबिहिन छन् । समूह चरणमा भारत र पाकिस्तानले सबै ३ खेल जितेका थिए ।

भारतले सुपर सिक्स पुगेका बंगलादेश र आयरल्यान्ड तथा पाकिस्तानले न्युजिल्यान्ड र नेपाललाई पराजित गरेको आधारमा दुई टोलिसङ्ग मजबुत ४ अंक रहेको थियो । त्यसैमा मंगलबारको जितले भारत र पाकिस्तानलाई सेमिफाइनल सम्भावनालाई बलियो बनाएको हो ।

अर्कोतर्फ बंगलादेशको पनि गणितिय सम्भावना बाँकी छ । अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नु पर्ने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जितेपनि ४ अङ्क मात्रै हुनेछ ।

नेपालले सुपर सिक्समा आफ्नो पहिलो खेल आज बुधबार बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो । समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन् ।

समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

समूह चरणपछिको सुपर सिक्समा नेपालसहित १२ टिम सहभागी छन् । सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

अहिलेसम्म भारतले सर्वाधिक (५ पटक) यू– १९ विश्वकपको उपाधि जितेको छ । यस्तै, अष्ट्रेलियाले तीन पटक उपाधि जित्दा पाकिस्तानले दुई पटकउपाधि उचालेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्ड एक एक पटक च्याम्पियन बनेका छन् ।