९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली

मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताउनुभएको छ ।

आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाईल प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाई थियो । ओलीले संसद वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताउनु भयो ।

मंगलवार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटी नभएको जिकिर गर्नुभयो । ओलीले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘राजनीति लोकतन्त्रका लागि चाहिने हो । वास्तवमा राजनीति के का लागि चाहिन्छ भन्दा लोकतन्त्रका लागि चाहिन्छ । लोकतन्त्र केलाई चाहिन्छ ? जनतालाई चाहिन्छ, समाजलाई, देशलाई । अनि देशका लागि काम गर्दैन, समाजका लागि काम गर्दैन । जनताका लागि काम गर्दैन । दुई चार नेताको ठगी खाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन । लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हुन्छ । तर कहिलेकहिले नराम्रो धक्का खान्छ लोकतन्त्रले । विकल्प अलि पछि प्रकट हुन्छ । अर्को रुपमा प्रकट हुन्छ । तर, त्यस बीचमा देशले ठूलो क्षति व्यहोरिसकेको हुन्छ ।

मैले संसदमा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भने अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होशियारीका साथ बोल्नुपर्ने रहेछ । दाहालजीले भनेजस्तै अनकन्टोल मिसाईल हान्ने हो । त्यसपाराले बोले । यसको अर्थ सावधानीको कमी हो । तर, विचारमा त्रुटी होइन । मिसाईल भन्ने ठिक ठाउँमा ताकेर हानेको छु । तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहिले ५÷७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला । मैले राजनीतिक शुरुदेखि नै अत्यन्तै निष्ठाका साथ गरेको छु । यसै अनुसार मेरो विचारधारा पनि प्रवाह भएको छ ।

ओलीले आफना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महशुस गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल