५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सुदूरपश्चिम ८७ रनमा अल आउट, चन्दनले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबका चन्दन रामको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अल आउट भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा अल आउट हुनुअघि जम्मा ८७ रन बनायो ।

सुदूरको लागि नारायण जोशी ३१ रनमा नट आउट रहे । उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । खड्क बोहरा २४ रन आउट हुँदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरका मिलन बोहरा ८, राजु रिजाल ५, शेर मल्ल ५, नरेन भट्ट १ रन बनाएर आउट भए ।

सुदूरपश्चिमलाई सस्तैमा अल आउट गराउन एपीएफका तिब्र गतिका बलर चन्दन राम एक्लैले ५ विकेट लिए । आज मात्रै डेब्यू गरेका उनले ७ ओभरमा ५१ रन खर्चे । भुवन कार्कीले ३ विकेट लिँदा राहित पौडेलले २ विकेट लिए ।