२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपमा पुलिसको लगातार सातौँ जित, गण्डकी ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउदै पुलिसले लगातार सातौ जित हात पारेको हो ।

प्रतियोगितामा हालसम्म खेलेका सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली हो । आठ खेल खेलेको गण्डकीको भने यो छैटौँ हार हो ।

गण्डकीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पुलिसले २४.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो । खराब मौसमका कारण निर्धारित समयमा सुरु नभएपछि खेल ४५ ओभरमा झारिएको थियो ।

पुलिसको जितमा दिलीप नाथले अर्धशतकीय पाली खेले । आक्रामक रुपमा प्रस्तुत भएका उनले ३९ बलमा चार छक्का र ६ चौका प्रहार गर्दै५७ रन बनाए । यस्तै, अर्जुन साउद एक छक्का र पाँच चौकासहित ४४ रनमा अविजित रहँदा आरिफ शेखले २७, कुशल भुर्तेलले २२ र शंकर राणाले १२ रन थपे ।

गण्डकी प्रदेशको लागि सन्दीप पराजुलीले दुई तथा विपिन खत्री र कमल परियारले एक–एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८.३ ओभरमा अलआउट हुँदै एक सय ७० रन बनायो ।

गण्डकीको लागि अमृत गुरुङले अर्धशतकीय पाली खेलेका थिए । उनले ३९ बलमा दुई छक्का र आठ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै, कमल परियारले ३०,समिर कँडेलले २९, करण पंगेनीले ३० र कृष ऐयरले १० रन बनाए ।

पुलिस क्लबको लागि रासिद खान एक्लैले पाँच विकेट लिए । ललित राजवंशी र करण केसीले दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।