४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अयोध्या राम मन्दिरको मजाक उडाउने ६ नेता पक्राउ

अयोध्या राम मन्दिरको मजाक उडाउने ६ नेता पक्राउ
अ+ अ-

एजेन्सी । भारतको गणतन्त्र दिवसको अवसरमा अयोध्यामा राम मन्दिर र प्रशासनविरुद्ध अभद्र टिप्पणी गर्ने ६ जनालाई प्रहरीले मुद्दा दर्ता गरी पक्राउ गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा जनसत्ता राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले राम मन्दिर र प्रशासनविरुद्ध अभद्र टिप्पणी गरिरहेका थिए । त्यसैबखत प्रहरी पुगेपछि उनीहरुले एकजना प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।

प्रहरीले यस घटनामा पार्टीका ६ कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आरोपीको स्कर्पियो, वागनआर र अर्को कार पनि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले अहिले थप कारबाही गरिरहेको छ ।

यस्तो थियो घटना

यो सम्पूर्ण मामिला बाराबंकी जिल्लाको नगर कोतवाली क्षेत्रको हो । यहाँ शुक्रबार जनवरी २६ मा जनसत्ता राष्ट्रवादी एकता पार्टीका करिब ५० कार्यकर्ता लखनउ–अयोध्या राजमार्गमा पुगेका थिए ।

ती सबैले एक दर्जन सवारीसाधनमा पार्टीको झण्डा, हुटर र डीजे बजाएर अयोध्या–लखनउ राजमार्ग अवरुद्ध गरे र राम मन्दिरलाई लिएर अभद्र टिप्पणी गर्न थाले र प्रशासन पतनको नारा लगाए । यस क्रममा उनीहरुले लखनउ–अयोध्या राजमार्गमा करिब एक घण्टासम्म कोलाहल मच्चाएका थिए ।

घटनाको जानकारी पाउनासाथ मोहम्मदपुर चौकीका इन्चार्ज रवीन्द्रकुमार सिंह आफ्नो टोलीसहित घटनास्थल पुगेका थिए । लखनउ अयोध्या राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्ससहित धेरै सवारी साधनको लामो जाम भएको प्रहरीले जनाएको छ ।