• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

नितिशले बिहारमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि उथलपुथल ल्याए



एजेन्सी । नितिश कुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएर बिहारसँगै राष्ट्रिय राजनीतिमा हलचल मच्चाएका छन् । नितिशको राजीनामापछि अहिले उनको पार्टी जेडीयूले एनडीएसँग मिलेर सरकार बनाउने चर्चा छ ।

नितिशको राजीनामासँगै बिहारमा महागठबन्धन पनि टुटेको छ । योसँगै विपक्षी इन्डी गठबन्धनलाई पनि ठूलो झट्का लागेको छ । नितिशले भाजपासँग हात मिलाउने चर्चा छ । जसका कारण मोदी सरकारलाई चुनौती दिन केही महिनाअघि इन्डी गठबन्धनमा एकता भएका ठूला विपक्षी दलहरूले घाटा बेहोर्नुपरेको छ ।

बिहारमा महागठबन्धनले लोकसभा चुनाव सँगै लडेर भाजपालाई कडा टक्कर दिने प्रयास गरिरहेको थियो । तर, अब नितिश यस गठबन्धनबाट अलग भएपछि बिहारमा जेडीयूसँग चुनाव लड्ने कांग्रेस र राजदको सपना पनि चकनाचुर भएको छ । नितिशको यो निर्णयले लोकसभा चुनावमा इन्डी गठबन्धनलाई ठूलो नोक्सान पुर्‍याउन सक्छ ।

नितिश कुमार बाहिरिएपछि इन्डी गठबन्धन कमजोर भएको छ । गत वर्ष मतभिन्नतालाई पन्छाएर एकजुट भएका सबै विपक्षी दलहरूलाई अब भाजपासँग प्रतिस्पर्धा गर्न निकै गाह्रो हुनेछ । विपक्षी दललाई एकताबद्ध गराउन नितिशले महत्वपूर्ण भूमिका खेलेका थिए ।

गत हप्तादेखि इन्डी गठबन्धनमा आन्तरिक विवाद चलिरहेको थियो । नितिशअघि बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एक्लै चुनाव लड्ने कुरा गरेकी थिइन् । त्यस्तै, पञ्जाबमा पनि कांग्रेस र आम आदमी पार्टीबीच सिटको विषयमा वार्ता भएको छैन ।