२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद र बसिरको उत्कृष्ट ब्याटिङमा आर्मीद्वारा कर्णालीलाई २८० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि दुई सय ८० रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनायो ।

आर्मीके लागि कप्तान विनोद भण्डारी शतकीय ईनिङ खेले । १३२ बलको सामना गरेका विनोदले तीन छक्का र ६ चौका प्रहार गर्दै एक सय रन बनाए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका हुन्।

यस्तै, बसिर अहमदको उत्कृष्ट अर्धशतकीय पाली खेले । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर ९२ बलमा एक छक्का र १२ चौका प्रहार गर्दै ९८ रनमा अविजित रहे ।

त्यसैगरी, भीम सार्कीले २५ रन बनाउदा कुशल मल्लले २१, सन्तोष कार्कीले ११, विवेक यादवले ६ र इमरान शेखले ५ रन थपे ।

कर्णालीको लागि दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए ।