२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

उमेरले नछेकेको रहर, पढ्ने मौका पाउँदा खुशी

उमेरले नछेकेको रहर, पढ्ने मौका पाउँदा खुशी
अ अ+ अ-

कावासोती । “पहिले छोरीचेलीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुदैँनथ्यो त्यसैले पढ्ने रहर मार्नु पथ्र्यो, आज त्यही रहर पूरा गरिरहेको छु”, ६७ वर्षीय प्रेमकुमारी पौडेलले  भन्नुभयो । सानोमा विद्यालय देख्न नपाएको बताउने उहाँ अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्यालयमा पढ्न निस्कनु दैनिकी बनेको छ ।

कावासोती नगरपालिका–२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचारिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उहाँ जस्तै अन्य महिला पनि आउने गर्नुभएको छ । अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपाएका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन् । अहिले पढ्ने मौका पाउँदा धेरै खुशी लागेको पौडेलले बताउनुभयो । 

दुई वर्षदेखि यहाँ पढन थाल्नुभएकी उहाँले अहिले छोराछोरीको नाम अङ्गे्रजीमा लेख्न, मोबाइलमा पैसा राख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग हुनुहुन्छ । “मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुशी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउछु”, पौडेलले भन्नुभयो,“बच्चामा पढन् नपाएको रहर मेटिएको झैँ लागेको छ, अहिले तिर्खा यही पढाइले मेटे जस्तो हुन्छ ।”

स्याङ्जा सतुङ्गा जन्मनु भएकी उहाँ त्यति बेला गाउँमा ५ कक्षा सम्मको विद्यालय भएको भए पनि छोरालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झनुहुन्छ ।  “छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई बस्तु चराउने यस्तै गर्नुप¥यो, दाजुभाइ स्कुल जानुहुन्थ्यो”, पौडेलले भन्नुभयो ।

त्यस्तै ६५ वर्षीय चन्द्रमाया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो । “विद्यालय टाढा हुन्थ्यो,  छोरीलाई पढाउन पठाउने चलननै कम थियो”, सिग्देलले भन्नुभयो,“ अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भएकाले सजिलो भएको छ । कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ”, सिग्देलले भन्नुभयो, “खुशी लाग्छ ।”

पौडेल र सिग्देल जस्तै यहाँ कावासोतीका करीब ४२ गृहिणी भर्ना भएका छन् । यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पुनले बताउनुभयो । भर्ना भएकोमा केही  समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करीब २५ जना नियमितजसो आउने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ । यसले विद्यालय उमेर पुगेर पनि विद्यालय जान नपाएकालाई अध्यन गर्न  सहज बनाएको छ ।