काठमाडौं । आज दिउँसो एक बजे संसदको दोस्रो बैठक बस्दै छ । आजको बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।
संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ ।











