२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: लुम्बिनी एक सय ३३ रनमा अलआउट, रमेशले लिए पाँच विकेट



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।

सिद्धार्थनगर रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले ४१ ओभरमा अलआउट हुदै एकसय ३३ रन बनायो। लुम्बिनीको लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रन बनाए । मृनाल गुरुङले ३४,बिराट भण्डारीले २३ र प्रज्ज्वल थापाले ११ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा पनि ११ रन पाएको छ ।

एपीएफको लागि रमेश कुर्मी एक्लैले पाँच विकेट लिए । भुवन कार्कीले तीन विकेट लिदा रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट हात पारे ।