२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितको लागि १९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

नेपालको लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । उनले ६८ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै, आकाश चन्द १६ रनमा नटआउट रहदा दिपक डुम्रे २६, कप्तान देब खनाल २३, सुवास भण्डारी २० गुलसन झा १८, दिपेश कडेल १३, अर्जुन कुमाल ६, आकाश त्रिपाठी ६ र उत्तम रंगु थापामगर ४ रन थपे । नेपालले एक्स्ट्रा २६ रन पाएको छ ।

पाकिस्तानको लागि अराफात मिनहसले तीन विकेट लिए । अहमद हुसैन, अली असफान्द, मोहम्मद जिसानले समान दुई दुई विकेट लिदा खुबाहिब खलिलले एक विकेट लिए ।

यसअघि समुहचरणको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगिताको समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर सिक्स को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।

 




भर्खरै