५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक: अध्यक्ष ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताउनुभएको छ ।

बुधवार गजेन्द्रनारायण सिंहको २२ औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको बिरोध गर्नुभयो । उहाँले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताउनु भयो । उहाँले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । किनभने बारम्बार हामी सोच्नका लागि बाध्य हुन्छौँ की फेरि जेलमा बस्न, फेरि फाँसी पाउन, फेरि गोली चलाइरहेको छ । लाठी चार्ज भइ नै रहेको छ । यहीँ काठमाडौंैमै गोली चल्यो, सर्लाहीमा गोली चल्यो । हालैको कुरा हो । अहिलेसम्म प्रजातन्त्रमा, लोकतन्त्रमा मानिसहरुलाई बोल्ने हक हुँदैन, प्रदर्शन गर्नका लागि सुविधा हुँदैन । यो संविधानको संशोधन जुन गर्नुपर्छ भनिरहेका छौँ । जनसंख्याको आधारमा हुनुपर्छ । जनसंख्याको आधारमा स्थानीय र प्रदेश सरकार छैनन् । त्यसले बजेटमा प्रभाव परेको छ ।’

अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गर्नुभयो ।