२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भगृहमा विराजमान रामललाको अगाडि प्राणप्रतिष्ठा समारोह सुरु, ८४ सेकेन्डमा स्थापना हुने



अ+ अ-

एजेन्सी । अयोध्याको राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिरको गर्भगृहमा पुगेका छन् । उनले प्राण(प्रतिष्ठा पूजा गर्ने प्रतिज्ञा गरे । अहिले पुजा सुरु भएको छ ।

बिहान रामललालाई मन्त्रजप गरेर ब्यूँझाइएको थियो । यसपछि वैदिक मन्त्रका साथ आह्वान भयो । शंखसहित ५० भन्दा बढी वाद्य यन्त्रको मङ्गल धुनका साथ बिहान १० बजेदेखि प्राणप्रतिष्ठा कार्यक्रम सुरु भएको हो ।

अहिले गर्भगृहमा मूर्तिको पूजा आराधना भइरहेको छ । यज्ञशालामा हवन पनि चलिरहेको छ । प्राणप्रतिष्ठाको मुख्य अनुष्ठान दिउँसो १२ः२९ बजे (भारतीय समय) सुरु हुनेछ जुन ८४ सेकेन्डसम्म चल्नेछ । यी ८४ सेकेन्डमा मात्र मूर्तिलाई जीवन्त बनाइनेछ ।

यस पर्वमा गरिने वैदिक अनुष्ठान तथा शुभ अनुष्ठान १६ तारिखदेखि सुरु भएको थियो । पहिलो दिन प्रयासचित्त होम अर्थात् शुद्धिको प्रक्रिया भयो । त्यसपछि कलश पूजा र मूर्तिको शोभायात्रा भई मूर्ति परिसरमा प्रवेश गरेको थियो । यात्रा, तीर्थयात्रा र अधिवासहरू भए ।

मूर्तिको पवित्रता र शक्ति बढाउनका लागि मूर्तिलाई पानी, घिउ, औषधि, केसर, मह, फलफूल, अन्न र सुगन्धित वस्तुमा राखिएको थियो । यसलाई अधिवास भनिन्छ । त्यसपछि २० जनवरीमा श्रीराम लल्लाको स्थापना भयो ।