१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकप: नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्ने



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Oscar Jackson of New Zealand flips the coin as Dev Khanal of Nepal looks on ahead of the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध टस हारेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ । अनुभवी गुलशन झासँगै स्पिनर दीपेश कँडेल, सुभाष भण्डारी र तिलक भण्डारी तीनै जना टोलीमा छन् । दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशाल विक्रम केसी र विपिन रावल बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा,उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा ।