लण्डन । हाल विदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या न्युन रहेको छ । पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिएका हुन् ।
डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएको बताईएको छ ।
एनआरएनएका अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो ।











