२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: मधेस प्रदेशसँग एपिएफ स्तब्ध



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ ।

जितका लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ४८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले एपिएफलाई पहिलोपटक पराजित गरेको हो ।

मधेसको जितमा रुपेश सिंहले ७२ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ७२ रन बनाए । पवन सर्राफले ६४ रन बनाए भने निरज यादवले ७० बलमा ५२ रनको योगदान दिए । साथै अनिल शाहले २९ रन बनाए भने अभिशेख तिवारीले १७ रन बनाए ।

एपिएफका लागि अमर रौतेला र रोहित पौडलले समान दुई–दुई विकेट लिए भने मौसम ढकालले एक विकेट झारे ।

ञ कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल बनाएको थियो । एपिएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रनको योगदान दिएका थिए । कप्तान रोहित पौडेलले ७४ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५८ रन जोडे भने अमर रौतेलाले ५७ बल खेल्दै दुई चौका र तीन छक्काको मद्दतमा ४९ रन बनाए । त्यस्तै सन्दीप जोराले २०, सुमित महर्जनले नौ, भुवन कार्कीले आठ तथा लोकेश बमले छ रन जोडे ।

मधेस प्रदेशका रुपेश सिंह र प्रदीप पासवानले समान तीन–तीन विकेट लिए ।