७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ जिल्लाको एउटा दुर्लभ एवं रहस्यमय रत्न धुम्बा ताल



अ+ अ-

मुस्ताङ । धुम्बा ताल मुस्ताङ जिल्लाको एउटा दुर्लभ एवं रहस्यमय रत्न हो । निलगिरी हिमालको काखमा अवस्थित धुम्बा तालको पानीको रङ्ग हरित मणिजस्तो छ । निलगिरी पर्वत शृंखलाबाट बगेको पानी यो तालमा आइपुगेको छ । यो समुद्र सतहबाट २९०० मिटरको उचाईमा छ । यो ताल पवित्र बौद्ध तालका रुपमा पनि निकै प्रसिद्ध छ । यो ताल जोमसोमबाट करिब पाँच किलोमिटर पश्चिम ठिनी गाउँमा रहेको छ । यसको लम्बाई १५० मिटर र चौडाई १०० मिटरको हाराहारीमा छ । 

स्थानीयवासीका अनुसार यो तालको पानी एक पटक आफैं रातो भएको थियो । पछि, बौद्ध धर्मगुरुहरुले पूजापाठ गरेर पानीको रङ्ग पुरानै अवस्थामा ल्याएको किंवदन्ती छ । यसबाहेक, यस तालमा पाइने माछा कसैले खानु हुँदैन भन्ने धार्मिक मान्यता छ । धेरै बौद्ध धर्मावलम्बीहरु यस तालमा आफ्नो मनोकाँक्षा पूरा हुने आशामा वर्षैपिच्छे यहाँ आइपुग्छन् । तालको वरिपरि बौद्धमार्गीका तुल, ध्वजापताका देख्न सकिन्छ ।  

आजभोलि प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ पुग्ने पर्यटक एवं श्रद्धालुका लागि धुम्बातालको भ्रमण थप आकर्षण हुने गरेको छ । धुम्बाताल आफैंमा उत्कृष्ट छँदैछ, तर यहाँबाट देखिने वरिपरिको अदभूत दृश्यावलोकनले सबैका मनमस्तिष्कलाई प्रफुल्लित बनाउँछन् ।

हिउँदका दिनहरुमा यो तालको पानी पूरै जमेको हुन्छ, र मानिसहरु तालको बीच भागतिर आइसमा चिप्लेटी खेलिरहेका हुन्छन् । पर्यटन व्यवसायीका अनुसार यो ताल नेपाली युवापिंढीका लागि जेरीका नामले पनि परिचित छ किनभने यो ताललाई “जेरी” फिल्ममा पनि छायाँकन गरिएको छ । 


तस्वीरहरुः सन्तोष केसी