२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कन्दरा” ब्यान्डको प्रस्तुती: आइएमई पेद्वारा टिकेटिङ पार्टनरको रुपमा टिकटको उत्कृष्ट व्यवस्थापन



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न भएको “कन्दरा( लाइभ इन पोखरा” इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।

संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश “पहिला घरदेश, अनि परदेश”को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पौष २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समापन गरेको छ ।

“पहिला घरदेश, अनि परदेश”को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै, ूसबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण रहेकोू जनाएका छन् ।