५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरूङको निधन



अ+ अ-

काठमाडौं । रुस–युक्रेन युद्धमा परी अर्का एक नेपाली युवाले ज्यान गुमाएका छन्।

लमजुङ जिल्ला दुधपोखरी गा.पा वार्ड नं. १ निवासी साजन गुरूङको निधन भएको हो ।

वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारका अनुसार गुरूङ को बैदेशीक राजगारीको सिलसिलामा रसिया युक्रेनको लडाईमा भएको असमायिक निधन भएको छ । गुरूङ लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष समेत रहेका थिए ।

सुनारले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

अपत्यारिलो खबर! निशब्द छु ।

लमजुङ जिल्ला दुधपोखरी गा.पा वार्ड नं. १ निवासी हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति लमजुङको सदस्य क. श्रीमान गुरुङ्को जेठा छोरा एवं YCL , नेपाल दुधपोखरी गाउपालीका का अध्यक्ष क.साजन गुरूङ को बैदेशीक राजगारीको सिलसिलामा रसिया युक्रेनको लडाईमा भएको असमायिक निधन खबरले स्तब्ध भएको छु ।पार्टीले एक सक्षम,कर्मठ, र उर्जावान जुझारु युवा गुमाएको छ प्यारो कमरेड क साजन प्रति हार्दिक श्रद्धाञ्जली सबै शोक सन्तप्त परिवारजनमा र आफन्तजनहरुमा गहिरो समवेदना ।

साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ।