२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरूङको निधन



अ+ अ-

काठमाडौं । रुस–युक्रेन युद्धमा परी अर्का एक नेपाली युवाले ज्यान गुमाएका छन्।

लमजुङ जिल्ला दुधपोखरी गा.पा वार्ड नं. १ निवासी साजन गुरूङको निधन भएको हो ।

वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारका अनुसार गुरूङ को बैदेशीक राजगारीको सिलसिलामा रसिया युक्रेनको लडाईमा भएको असमायिक निधन भएको छ । गुरूङ लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष समेत रहेका थिए ।

सुनारले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

अपत्यारिलो खबर! निशब्द छु ।

लमजुङ जिल्ला दुधपोखरी गा.पा वार्ड नं. १ निवासी हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति लमजुङको सदस्य क. श्रीमान गुरुङ्को जेठा छोरा एवं YCL , नेपाल दुधपोखरी गाउपालीका का अध्यक्ष क.साजन गुरूङ को बैदेशीक राजगारीको सिलसिलामा रसिया युक्रेनको लडाईमा भएको असमायिक निधन खबरले स्तब्ध भएको छु ।पार्टीले एक सक्षम,कर्मठ, र उर्जावान जुझारु युवा गुमाएको छ प्यारो कमरेड क साजन प्रति हार्दिक श्रद्धाञ्जली सबै शोक सन्तप्त परिवारजनमा र आफन्तजनहरुमा गहिरो समवेदना ।

साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ।