७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको संसद बैठकको कार्यसूची पनि शोक प्रस्ताव, सरकारले एजेण्डा दिन नसकेको काँग्रेसको भनाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज दिउँसो १ बजे संसद बैठक बस्दै छ । आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

यादवको २०७७ माघ १ गते निधन भएको थियो ।

प्रधानमन्त्री ओलीले विघटन गरेको संसद सर्वाेच्च अदालतले पुनस्र्थापना गराइदिएपछि यअसघि पनि दुई पटक सम्म बैठक बसेको थियो तर एजेण्डमा प्रवेश गरेन । पहिलो दिनको बैठक विवादका कारण स्थगित भएको थियो भने दोस्रो दिन शोक प्रस्ताव पारित गरेर सकिएको थियो । 

आजको कार्यसूचीमा पनि शोक प्रस्ताव मात्र राखिएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश बैठकमा प्रवेश गर्ने भएपछि विपक्षी काँग्रेसले बैठक अवरुद्ध गरेको छ । 

यसरी एकातर्फ बैठक बस्न सकेको छैन भने अर्कातर्फ प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद बैठकलाई सरकारले नै एजेण्डा दिन नसकेको बताएको छ ।