११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रियसभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रियसभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल
file photo
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शिर्ष नेताहरुले अपिल गरेका छन् ।

आईतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान गर्नुभएको बताउनु भयो । उहाँले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रम्ुख नेताहरुको बैठक हो । यो बैठक राष्ट्रिय सभा निर्वाचनका लागि हो । राष्ट्रिय सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उम्मेदवारहरुलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुत्त: अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर १९ जना उम्मेदवार नै हामी सबैका साझा उम्मेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेशहरुमा समन्वय समितिहरु गठन भएका छन् । जिल्लामा समन्वय समितिहरु गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरुलाई ब्रिफिङ गर्ने काम भएको छ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निस्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् ।