२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

ओलीको लागी दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् : योगेश भट्टराई

ओलीको लागी दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्  : योगेश भट्टराई
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिनुभएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिनुभएको हो । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारवाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उहाँले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिनुभयो । कारवाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उहाँले आफुहरु कारवाही भोग्न तयार रहेको बताउनुभयो । अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुखमा दुईथोपा आसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उहाँले इतिहासको कठघरामा उभिदाँ आईपर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव  दिनुभयो । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारवाही गर्ने दाबी गनुभयो । 

उहाँले भन्नुभयो “कारवाहीले मुलुक अघि बढ्दैन । राजनीति अगाडी बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपुर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुख छैन । हामी सबै एकपछि अर्को कारवाहीको निम्ति लामबद्ध छौ । कारवाही खानको लागि तयार छौ । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनको लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईले गर्ने प्रत्येक कारवाहीका लागि हामी लामबद्ध छौ । जब इतिहासको कठघरामा तपाई उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाई उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईलाई कठोर कारवाही गर्छ । सायद त्यो बेला तपाईको निम्ति दुईथोपा आसु चुहाउने मान्छे नहुनपनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौ। संयमताका साथ अगाडि बढौ मेरो आग्रह छ ।”

उहाँले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि उहाँले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “म पार्टीको तर्फबाट, सांसदको तर्फबाट अध्यक्षलाई भन्न चाहन्छु दुई बर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईलाई दुर्घटनातर्फ लैजान्छ । ”
उहाँले भोली बुधबार काठमाण्डौमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । देशभरीबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरि सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “यो भेला तपाईकै हो । तपाई नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईले खटाउनै पर्दैन नजर लगाउन । आफै आउनुहोस् । यो भेलामा को को आएका छन् देशभरीबाट तपाई नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरीबाट आएका तपाईकै कार्यकर्ता हुन् । तपाईकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरुलाई तपाईले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । ”

प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा भोलीको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिनुभएको थियो । नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो “यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुदैन । प्रधानमन्त्री जी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई  म यति मात्रै भन्न चाहन्छु , आज बालुवाटारमा तपाईको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ । ”

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले दृढताका साथ राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका सबैलाई आग्रह र अपिल गर्नुभयो ।