काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । मंगलबार अपराह्न वीरअस्पताल पुगेर उहाँले खोप लगाउनुभएको हो । स्वास्थ्य सेवा विभागको आग्रहमा उहाँले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गर्नुभयो । सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् ।








