२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र राप्रपा भन्छन्: संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताउनुभएको छ । रोल…

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ । जतिपति अफ्ठ्यारा महशुस गरिएको छ, यसमा हाम्रो अलिकित व्यवहार, अनुभवबाट पनि हेर्नुपर्छ । यसमा संक्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन । सिमितता हुनु भएन ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमतिबाट टुंगो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन । किनभने पार्टीका सिद्धान्तहरु फरकफरक हुन्छन् । त्यस भन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुंग्याऔँ ।’

सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।

 




भर्खरै