११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जलवायु परिवर्तनले किशोरीहरुको शिक्षासहित मानसिक स्वास्थ्यमा प्रभाव: प्रतिवेदन

जलवायु परिवर्तनले किशोरीहरुको शिक्षासहित मानसिक स्वास्थ्यमा प्रभाव: प्रतिवेदन
अ अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इण्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

३० जना अध्ययन कर्ता किशोरीहरुले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्स: युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौंमा सार्वजनिक गरेको हो । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले विकसित देश अस्टे«लियाका किशोरीमा पारेको असर र विकासोन्मुख देश नेपाल र इण्डोनेसियाका किशोरीहरुमा पारेको असरलाई तुलना पनि गरिएको छ । तीन वटै मुलुकका १०/१० जना किशोरीहरु संलग्न रहेको अध्ययनमा सबै वर्ग तहसहित बढी जोखिमयुक्त क्षेत्रका १ सयर ५२ जना नेपाली किशोरीसहित ५ सय जना किशोर किशोरीलाई सहभागी गराइएको थियो ।

अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरुको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ । शिक्षामा परेको प्रभावले दीर्घकालिन रुपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठूलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । रोजगारीकै समस्याका कारण पनि किशोरीहरुमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्लान इन्टरनेशनल नेपालका क्याम्पेन प्रमुख लक्ष्मी चौधरीले पिछडिएका क्षेत्रमा अभिभावकहरुले जलवायुजन्य विपद्लाई बहाना बनाएर छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरेको पाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फर आवर पm्युचर रिपोर्ट फर क्लाइमेट जस्टिस रिपोर्ट हो । यसमा इण्डोनेसिया, अस्ट्रेलिया र नेपालका ३० जना युवा रिसर्चरहरु सहभागी हुनुभएको थियो । यसमा जलवायु परिवर्तनको असर विकसित र विकासोन्मुख देशमा के फरक छ ? भन्ने पनि छ । यो रिसर्च किशोरीहरुले आफैँ नै गर्नुभएको हो । नेपालबाट यसमा १५२ जना सहभागी हुनुभएको थियो ।

‘क्लाइमेट परिवर्तनले मलाई असर गरिहरेको छ, मैले लिने गुणस्तरीय शिक्षामा प्रभाव परिहरेको छ र मैले भविष्यमा कस्तो रोजगारी पाउनसक्छु भन्नेकुरा पनि शिक्षामै आधारित भएको कारणले र शिक्षा जलवायु परिवर्तनका कारण बिग्रिरहेको छ त्यसकारणले म चिन्तित छु भनेर ९८ प्रतिशतले भन्नुभएको छ । नेपालको एक अध्ययनले पनि १२ महिनामा यो जलवायु परिवर्तनका कारण करिव ३ महिनाको शिक्षा अवरोध हुन्छ भनेको छ । जलवायु परिवर्तनले असर नगर्ने नेपाल कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।’

अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरुले जलवायु परिवर्तनले आफूहरुको शिक्षामा बढी असर परेको बताएका छन् ।

यसैबीच, अध्ययनमा संलग्न किशोरीहरुले पेन्टिङको माध्यमबाट आफूहरुमा परेको असरबारे उजागर गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनीहरुले गरेको पेन्टिङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।

अध्ययन कर्ता बाँकेकी रहिमान खानले जलवायु परिवर्तनका कारण किशोरीहरुमा परेको असरलाई पेन्टिङका माध्यमबाट देखाइएको बताउनु भयो । उहाँले समाजमा छोरीलाई शिक्षाको अधिकारबाट वञ्चित गराउने प्रयास जारी रहेको बेलामा जलवायुजन्य विपद्ले अभिभावकलाई झनै विद्यालय नपठाउने बहाना मिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्टिस्ट पावर भन्ने रिसर्चमा हामी १० जना किशोरी सहभागी भएका छौँ । हामीले आफ्नो आफ्नो ठाउँमा भइरहेको जलवायु परिवर्तनले कसरी किशोरी र किशोरीको शिक्षामा असर गरेको छ भन्नेमा अध्ययन गरेका छौँ । जो हामीले आर्टिस्ट मार्फत व्यक्त गरेका छौँ । हाम्रो समाजमा एक त छोरीलाई विद्यालय नपठाउने प्रचलन त्यो माथि बुबाआमाहरुलाई भूकम्प लगायत, वर्षा, बाढीका कारण विद्यालय नपठाउने बहाना हुन्छ । त्यो नै हामीले देखाउन खोजेका छौँ । क्लाइमेट राम्रो भयो भने हामीले हाम्रो समाजमा पनि राम्रो साथ र सहयोग पाउँछौँ ।’

त्यस्तै अर्की अध्ययनकर्ता सुस्मिता यादवले जलवायु परिवर्तनका कारण निम्तने विशेष अवस्थाबाट किशोरीहरुमा परेको मानसिक असरलाई आफूले चित्रमा उतारेको बताउनु भयो ।

अध्ययनमा बाँके, बर्दिया, सिन्धुली, मकवानपुर, लगायतका किशोरीहरु सहभागी थिए ।

अध्ययन प्रतिवेदनले १० देखि २४ वर्षका किशोरीहरूको शिक्षामा जलवायु परिवर्तनको प्रभावलाई उजागर गरेको छ । युवा अनुसन्धानकर्ताहरूले जलवायु संकटबाट प्रभावित किशोर किशोरीको ९६ तस्बिर, ग्राफिक्स र भिडियो सङ्कलन गरेका छन् । तीमध्ये ५५ तस्बिर नेपालका छन् ।