काठमाडौं । आजबाट ललितपुरको हेरिटेज गार्डेनमा माधव नेपाल–झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले सो राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको हो । राष्ट्रिय कार्यकर्ता भेला आज र भोली हुनेछ ।
भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ। त्यस्तै नेता नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने पनि कार्यसुची रहेको जनाईएको छ ।
भेलामा देशभरबाट दुई हजार नेता तथा कार्यकर्ता सहभागी हुने जनाईएको छ । उता ओली पक्षमा रहेका एमाले महासचिव ईश्वर पोखरेलले भने आजको भेलामा सहभागी हुने नेता/ कार्यकर्तालाई कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरी चेतावनी दिएका छन्।











