काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले आज (बिहीबार) संसदीय दलको बैठक बोलाउनुभएको हो ।
बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजे दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । पार्टीमा विवाद उत्पन्न भएका वेला संसदीय दललाई एकढिक्का बनाएर लैजानेतर्फ आफूहरूको ध्यान रहेको उहाँले बताउनुभयो । सूर्यचिह्नबाट निर्वाचन जितेका सबैलाई बोलाइएको उहाँले बताउनुभयो ।
‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भन्नुभयो । बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । माधव–झलनाथ पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज पनि रहेको छ ।











