२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चाहे हप्ता दिनमै विमितले उपचार पाउन सक्छन्: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाउनु भयो । उहाँले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाउनु भयो । आज (सोमवार) नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलवार हतुवगडीमा नि:शुल्क स्वास्थ्य शिविर हुँदैछ । स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालहरुमा विमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन । मतलव छैन । ठूलाठूला डिल कसरी गर्ने ? टेण्डर खोल्दा आफूले भनेका कम्पनीहरुलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म नेताहरुको सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ । हामी त्यसै बोलिरहेका छैनौँ । अहिले नेपालका शिर्ष नेता मात्रै होइन, कर्मचारीहरु पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर अन्य मानिसहरुको अर्बौंको सम्पती विदेशमा छ । दुबईमा कति नेपालीका बंगलाहरु छन् । हामीले यहाँ गाउँमा एउटा झोलुंगे पुल बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ ।’

दुई पालिकामा हुने शिविरमा हस्पिटलको विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरु हुनेछन् ।