काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाएकै समयमा माधब नेपाल –झलनाथ खनाल पक्षले पनि आफू पक्षका सांसदहरु संग छलफल गर्दैछन् ।
बुधबार देखी सुरु भएको नेपाल–खनाल पक्षको राष्ट्रिय भेला जारी रहेकै समयमा बिहान १० बजे सांसदहरु संग छलफल गर्न लागिएको हो । प्रधानमन्त्री केपी ओलीले सूर्य चिन्हबाट निर्वाचित भएका सांसदहरु छलफलका लागि बोलाएपनि नेपाल-खनाल पक्षका सासदहरु भने अनुपस्थित हुने भएका छन् ।
नेपाल-खनाल पक्षको भेलालाई नजिक बाट नियालीरहेको भन्दै प्रधानमन्त्री ओलीले कारबाहीको चेतावनी दिनु भएको छ भने महासचिब पोखरेले पनि गम्भिर रुपमा बताउनु भएको थियो ।











