२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एबि डिभिलियर्सको चिन्ताः टी–२० क्रिकेटले टेस्ट क्रिकेटलाई खतरामा पार्दैछ



अ+ अ-

एजेन्सी । एबी डिभिलियर्स भारत र दक्षिण अफ्रिकाबीच मात्र दुई टेस्टको शृंखला भएकोमा दुखी छन् । उनी अफ्रिकाको न्युजिल्यान्ड भ्रमणमा दुई टेस्ट मात्र खेल्नुलाई पनि उचित ठान्दैनन् ।

पूर्व अफ्रिकी ब्याट्सम्यान टी–२० का कारण टेष्ट क्रिकेटमा दबाब रहेको बताउँछन् । ‘टी–२० का कारण टेष्ट क्रिकेट खतरामा परेको छ । यस्तो अवस्थामा टेष्ट क्रिकेटलाई बचाउनको लागि परिवर्तन आवश्यक छ ।’ उनी भन्छन् ।

डिभिलियर्सले आफ्नो युट्युब च्यानलमा भारत र अफ्रिकाबीचको तेस्रो टेस्ट नहुनेमा आफू खुसी नभएको बताए । ‘यसका लागि विश्वभर चलिरहेको टी–२० क्रिकेटलाई दोष दिनैपर्छ । तर, मलाई थाहा छैन यो अवस्थाको जिम्मेवार को हो । तर म पक्कै बुझ्छु कि केहि गलत छ ।’ उनले भने ।

उनले अगाडि भने – ‘अहिले टेस्ट क्रिकेटमा मात्र नभई एकदिवसीय क्रिकेटमा पनि दबाब छ । सम्पूर्ण प्रणाली टी–२० क्रिकेट वरिपरि घुम्छ । खेलाडी, बोर्ड र प्रशिक्षक सबै पैसा भएको ठाउँमा सर्नेछन् । यदि तपाइँ टेस्ट क्रिकेटमा प्रतिस्पर्धा हेर्न चाहनुहुन्छ भने, दुई टेस्ट सिरिजको नियम परिवर्तन गर्नुपर्नेछ । दुई टोलीबीचको शृङ्खलामा २ भन्दा बढी टेस्ट हुनुपर्छ ।’

डिभिलियर्सले केप टाउनमा भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेलको पिच राम्रो भएको बताए ।

दक्षिण अफ्रिकाले फेब्रुअरीको पहिलो साता न्युजिल्याण्ड भ्रमण गर्ने छ । पहिलो टेस्ट फेब्रुअरी ४ बाट सुरु हुनेछ भने दोस्रो टेस्ट फेब्रुअरी १३ बाट सुरु हुनेछ । यस भ्रमणका लागि दक्षिण अफ्रिकाले आफ्नो बी टोली पठाएको छ । यो भ्रमणमा कप्तानसहित सात खेलाडी अनक्याप छन् ।

नील ब्रान्डलाई भ्रमणको लागि कप्तान बनाइएको छ । टोलीका मुख्य खेलाडीले दक्षिण अफ्रिका टी–२० लिग खेल्ने भएकाले अनक्याप्ड खेलाडी छनोट गरिएको हो ।




भर्खरै