११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : महामन्त्री कोइराला



file
अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले एक हप्ता भित्रै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । 

बिहीवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउदै नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने दावी गरेका हुन् ।

‘हामी छलफलमै छौं । एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौं’, कोइरालाले भने ।

महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने दावी गरेका हुन् । प्रधानमन्त्री ओलीसंग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने कोइरालाले बताए ।