२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कम्युनिष्टको म्यान्डेट सकियो, अब सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्छ : विश्वप्रकाश

कम्युनिष्टको म्यान्डेट सकियो, अब सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्छ : विश्वप्रकाश
file photo
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । 

वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिनुभएको हो । उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उहाँले बताउनुभयो ।

वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने न्युज एजेन्सी नेपालको प्रश्नमा उहाँले आफैसंग भएको सांसद संख्या र अन्यदलहरु भित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पार्नुभयो । विहिबार सानेपास्थित पार्टी कार्यालयमा एजेन्सीका प्रतिनिधिसंग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो म्यान्डेट खण्डित भईसकेको अवस्था छ । सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो । अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भईसक्यो । अहिले उहाँहरुले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन । त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो । अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौ । तर अब गणितिय रुपमा नेपाली कांग्रेस पार्टीले जब सम्म परिस्थिति सिंगो सिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेस पार्टी प्रधानमन्त्री पदका लागि दौरासुरवालमा चाँही आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौ । ”

उहाँले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्नुभयो ।  

उहाँले भन्नुभयो “प्रदेश प्रदेश १ र बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरुले चाडै निर्णय  गरिहालौ भन्नुभयो । निश्चिय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौ होला । तर त्यसबेला हामीले निर्णय गर्ने हतारो गरेको भए ? आखिर अविश्वासको प्रस्ताव त विधिवतरुपमा गएन । त्यसैले अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टी जो संग रहेको गणित पनि माधव जीहरु त फरक गु्रपमा हुनुहुन्छ र यतापट्टि जसपासंग रहेको गणित, त्यो गणित सम्पुर्ण रुपमा संगठित भएर नै नयाँ समिकरणको सन्र्दभमा पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छैनौ । त्यसैले त्यो नभईसकेको अवस्थामा हामीले संवाद नै नगरेको, छलफल नै नगरेको,नेतृत्व लिने तर्फ अलिकति रुची नै नराखेको र उदासिनता नै राखेको भन्ने चाहीँ होइन ।”

उहाँले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गर्नुभयो । राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विधाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस पार्टीको गणित संसदको अविश्वासको प्रस्ताव दर्ता गर्न पुग्ने गणित होला तर अविश्वासको प्रस्ताव पारित गर्न पुग्ने गणितको साथ अरु दलहरु त्यही रुपमा त्यही निर्णयका साथ आईहालेको अवस्था होइन । उहाँहरुले कमरेड केपी ओलीको विकल्प खोजुँ भन्ने एउटा कुरा भयो । तर विकल्प खोजुँ भनेर भन्दै गर्दा अगाडि सार्ने एजेण्डाहरु अर्को विषय भयो, त्यसकारण अन्य दलहरुले पनि के प्रष्टता राख्नुपर्ने बेला भएको छ भने हामी सांच्चै प्रतिगमनतर्फ कदम चालेको प्रधानमन्त्री जी, असंबैधानिक कदम चालेको प्रधानमन्त्री जी, सत्तामा शासन गर्नका लागि नैतिक रुपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्री जीलाई विधाई गर्ने कुरालाई प्रधानरुपमा राख्छौ या यसपछाडिका हाम्रा एजेण्डालाई प्रधान रुपमा राख्छौ भन्ने कुरामा चाही अरु दलहरु पनि क्लियर भएर आउनुपर्ने अवस्था छ । त्यसकारण नेपाली कांग्रेस पार्टीले तुरुन्तै प्रधानमन्त्री लिनेगरि हतारोमा छौ भनेर जागरुकताका साथ गईहाल्ने कुराको हतारो गर्न हुन्न । नेपाली कांग्रेस पार्टीका सभापति स्वयम्ले भन्नुभएको छ–हामी हतारो पनि गर्दैनौ, आईहाल्यो भने जिम्मेवारीबाट पनि भाग्दैनौ । ”

प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढकढकाएको भएपनि त्यसका लागि आवश्यक पृष्टभूमि भने तयार नभईसकेकाले सरकार गठाको सुनिश्चितताका लागि आवश्यक गणितिय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढकाएको छ । तर त्यसका लागि चाहिने पर्याप्त गणितको लागि चाहिने पृष्टभूमि र त्यहाँभित्रको वातावरण त्यही रुपमा विकसित नभईरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी सत्ताको नेतृत्व त गर्ने तर नेतृत्व गर्नका लागि उपयुक्त गणितिय कुरा नपुगिसकेको अवस्थामा धेरै अग्रसरता नलिने भन्नेमा छ । यसको अर्थ हामी कुराकानी, छलफल र संवादमा कहीँ पनि छैनौ भन्ने होइन । हामी केही न केही संवादहरुमा आन्तरिक रुपमा छौ । परिपक्को वातावरण बनाएर उचित गणितिय वातावरण बनाएर त्यसपछि सार्वजनिक रुपमा आउनेछौ ।”