१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

नेपालमा भारतले समानन्तर सरकार चलायो: कमल थापा

नेपालमा भारतले समानन्तर सरकार चलायो: कमल थापा
अ अ+ अ-

वीरेन्द्रनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय दुतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको भन्दै विरोध गरेका हुन्।

उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि राप्रपा नेपालले आपत्तिजनक रुपमा खेद प्रकट गरेको बताए।

‘सिधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ।’ अध्यक्ष थापाले भने, ‘नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ।’

नेपाल सरकारले ठुलो गल्ती गरेको भन्दै विकासमा भारतले सीधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाईनुपर्ने आफ्नो पार्टीको माग भएको थापाको भनाइ छ।

थापाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत ब्यापार सम्झौता सकारात्मक बताए। ‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो हो।’ थापाले भने, ुविगतमा आफुले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत भारतिय बजारमा लैजाने सम्झौता प्रंशसिय छ।’

अर्को प्रंसगमा थापाले भारतिय विदेश मन्त्रीलाई कुटनितिक मर्यादाभन्दा बाहिर गएर नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु भेट्न जानु दु:खद भएको बताए।

थापाले राप्रपाले दुई वटा ढुङ्गामा खुट्टा राख्न नहुने भन्दै सत्ता केन्द्रित नभई आन्दोलनको लागि अघि बढ्न आग्रह गरे । उनले बृहत राष्ट्रिय मोर्चा निर्माण गरि निर्णायक आन्दोलन गर्नुपर्ने समय आएको भन्दै राष्ट्रबादी ,देशभक्त र प्रजातन्त्रबादी शक्तिहरु मिलेर अघि बढ्नुको बिकल्प नभएको समेत स्पष्ट पारे ।