१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि

दमकल छिर्न नसक्ने गल्लीमा काठमाडौँ महानगरपालिकाबाट फायर फाइटिङ् जडान- फोटो फिचर

दमकल छिर्न नसक्ने गल्लीमा काठमाडौँ महानगरपालिकाबाट फायर फाइटिङ् जडान- फोटो फिचर
अ अ+ अ-

काठमाडौँ :काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ ।

ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइन जडान गरेर परीक्षण गरिएको हो । यसको लागत करिब ८ लाख रुपैयाँ रहेको छ ।

परीक्षण सफल भयो । यसबाट थप सुरक्षा महसुस गर्ने वातावरण बनेको छ । परीक्षणपछिको प्रतिक्रियामा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले भन्नुभयो, ‘आउँदो बर्ष अरु गल्लीहरुमा पनि प्रणाली जडान गर्नेछौँ ।’

अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ । दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बिचमा ४ वटा आउटलेट छन् । आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।‘ कुँवर भन्नुहुन्छ, ‘८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।’

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका विभिन्न विन्दु (४५ मिटरदेखि ७५ मिटरको दुरी) मा आउटलेट राखिएको हुन्छ ।

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।