९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु

वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु
अ अ+ अ-

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।

भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

“जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ ।

“हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौं । ”

व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।