५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगि नसकेको बताउनु भयो । उहाँले आज साँझ वा शुक्रवार बिहान पुन: बस्नेगरी बैठक सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको छ । मुलत: राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ । थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहन बस्ने गरी उठेका छौँ । एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताउनु भयो ।

 




भर्खरै