१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

वर्तमान सरकारको नै निरन्तरता कि नयाँ सरकार ? (भिडियोसहित)

वर्तमान सरकारको नै निरन्तरता कि नयाँ सरकार ? (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उप–नेता शुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताउनुभएको छ ।  शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताउनुभएको हो । 

हालसम्म नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उहाँले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम नै अगाडी बढ्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजन पश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन ।

त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ । जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधान बमोजिम अगाडी बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ हुनुहुन्छ ।’

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताउनुभयो । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – ‘जसपाको निर्णय महत्वपूर्ण छ ।

उहाँहरु जुन बेला काँंग्रेस नेतृत्वको सरकार बनाउन तयार हुनुहुन्छ हामी तयार छौँ । अबको परिस्थितिलाई व्यवस्थापन गरेर मुलुकलाई अगाडी लिएर जाने काम नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ । जसले हाम्रो बन्दी रिहाइ गर्छ । मुद्दा फिर्ता गर्छ । संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौँ त्यो बाहेक हाम्रो कुनै एजेण्डा छैन ।’

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले गर्‍यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाडै बिर्सिने जसपाका नेताहरुले ? जसपाका नेताहरुले त्यो बिर्सेको बाहाना गर्नुहुन्छ भने दीर्घकालिन राजनीतिमा त्यसको हिसाबकिताब स्वभाविक रुपमा राम्रो हुँदैन ।

हामीलाई के विश्वास छ भने जसपा यदी परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफैँ गर्ने छैन ।’ सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताउनुभयो ।