२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले दलको संशोधित विधानलाई पारित गरेको हो । चैत्र ५ गते दलको विधानलाई संशोधन गर्न प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र डा. विमला पौडेल राई सदस्य रहेको विधान संशोधन कमिटी गठन गरेको थियो । उक्त कमिटीले पेश गरेको प्रस्तावलाई संशोधनसहित पारित गरिएको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । संसदीय दलबाट सर्वसम्मत पारित भएको विधान केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिने प्रमुख सचेतक भट्टाराईले बताउनुभयो । संशोधित विधानमा २९ सदस्यीय संसदीय बोर्ड हुने र एकतिहाइ महिला अनिवार्य हुनुपर्ने, संसदीय दलको उपनेतालाई दलको नेताले मनोनयन गर्ने तथा प्रतिनिधि सभाबाट मात्रै दलको नेता चयन गर्ने व्यवस्था गरिएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) संसदीय दलको विधान २०७७ पारित भएको छ दलको बैठकबाट । र अब तत्काल बस्ने केन्द्रीय कमिटीको बैठकबाट यो विधानलाई अनुमोदन गर्ने । संविधान, नेकपा(एमाले) को विधान र हाम्रो संसदले पास गरेको राजनीतिक दल सम्बन्धी ऐन यी तिनवटै चिजलाई तदात्म्यता हुनेगरी हामीले विधानलाई समयानुकुल बनाएको । दलको बोर्ड सदस्यमा २९ सदस्यीय बनाइएको, एक तिहाइ महिला कम्तीमा हुनेगरी । दलको उपनेता दलबाटै निर्वाचित हुने व्यवस्था थियो भने आजबाट विधानलाई दलको उपनेता दलको नेताबाटै मनोनयन गर्ने व्यवस्था ग¥यौँ । प्रतिनिधि सभाबाटै दलको नेता चयन गर्ने व्यवस्था संशोधन गरेको ।’

सांसद शेरबहादुर तामाङले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि बोर्डको बैठक बसेर गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने सम्बन्धी निर्णय भएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘बोर्डको बैठकबाट पार्टी भित्र गुटगत प्रवृत्ति, समुहगत प्रवृत्ति व्यवहार र गतिविधिहरु रहिरहेमा त्यो सम्बन्धी स्पष्टिकरण सोध्ने सम्बन्धी निर्णय आजको संसदीय दलको बैठकबाट भएको छ । यद्यपी त्यो विधान अहिले केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन हुदैँछ । अनुमोदन भएपछाडी त्यो फुलफेज रुपमा अगाडी बढ्नेछ ।’

संसदीय दलको बैठकमा नेकपा(एमाले) झलनाथ–माधव समुहका ३८ सांसदहरु अनुपस्थित रहेका थिए । संसदीय दलको कार्यालयमा भएको ३८ सांसदहरुको भेलाले बालुवाटारमा भएको संसदीय दलको बैठकप्रति ५ बुँदे असहमती पत्र बुझाएको छ । बालुवाटार पुगेर झलनाथ–माधव समुहका सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ लगायत पुगेर प्रधानमन्त्री ओलीलाई असहमती पत्र पेश गरेका हुन् । सांसद जिवनराम श्रेष्ठले संसदीय दलको बैठक विधिसम्मत् नभएको र दलका निर्णयहरु विधानसम्मत् नभएकाले असहमती पत्र पेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बैठक विधिसम्मत् भएन, विधानसम्मत् भएन र दलले गरेका निर्णयहरु विधि र विधानसम्मत् भएन । ९ औँ महाधिवेशनबाट पारित भएको विधान अनुसार सबै काम कारबाही अगाडी बढ्नुपर्छ । संसदीय दलको बैठकपनि त्यही विधानले निर्देशित गरे अनुसार नै हुनुपर्छ । संसदीय दलको कार्यालयमा बैठक राख्नुपर्छ । नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक राख्नुपर्छ ।’

असहमती पत्र बुझ्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा सांसदहरुको माग सुनिने भएपनि समुहगत रुपमा आएको माग स्वीकार्य नुहने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । संसदीय दलभित्र गुटको अस्तित्व स्वीकार नहुने प्रधानमन्त्री ओलीको भनाई रहेको उहाँले बताउनुभयो ।