काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।
माघ ११ गते हुनलागेको राष्ट्रिय सभा निर्वाचनमा सीट भागबन्डा मिलाउन कांग्रेस बालुवाटार पुगेको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ । गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर निष्कर्षमा पुर्याउने सहमति भएको बताईएको छ ।